Aamsanchar

‘ओली कुटी’ निर्माण सुरू, राधिका शाक्यद्वारा शिलान्यास

Author Image
बिहिवार, मंसिर १९, २०८२

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ ।

‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् ।

जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो ।

नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ ।

नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर