Aamsanchar

ओली र देउवा विच भेटवार्ता

Author Image
शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

पत्नी राधिका शाक्यलाई लिएर ओली महाराजगन्जस्थित देउवाको निवास पुगेका हुन्। दुई नेताबीच गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलोपटक भेटवार्ता भएको हो।

भेटमा दुई नेताबीच आपसी स्वास्थ्य अवस्थाबारे जानकारी आदानप्रदान हुनुका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

जेनजी आन्दोलनमा बूढानीलकण्ठ स्थित निवासमै कुटिएका देउवा दम्पती लामो उपचारपछि अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर