

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने रुपन्देही अदालत पुगेका छन्।

उच्च अदालत बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका हुन्।

उनलाई प्रक्रिया पुर्याएर रिहा गर्ने तयारी छ। उनलाई अदालतले बिहीवार २ करोड ७४ लाख ८४ हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

Views: 33

