Aamsanchar

सरकारी टोलीद्वारा एमाले पार्टी कार्यालयको अनुगमन

Author Image
मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो ।

टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।

यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो । आजै नेपाली कम्युनिस्ट पार्टी ९तत्कालीन माओवादी केन्द्र० लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर