

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनाव विरोधी नभएको बताएका छन्। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले प्रतिगमनको विरोध गरेको तर निर्वाचनको विरोध नगरेको जानकारी गराएको बताए।

उनले भने, ‘राष्ट्रपतिले चुनाव जाऔं भन्नुभयो। प्रधानमन्त्री पनि आउनुभएको रहेछ हामीले चुनावी विरोधी छैनौं, हामीले प्रतिगमनको विरोध गरेको हो निर्वाचनको विरोध नगरेको जानकारी गरायौं।अदालतले जे फैसला गर्छ त्यो मानौंला भन्यौं।’ उनले निर्वाचनको वातावरण सरकारले बनाउन नसकेकाले चुनाव हुने सम्भावना नरहेको बताए। ओलीले एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै भन्दै प्रशंसा गरे।

Views: 37

