काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट सहसंयोजक माधव कुमार नेपालसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

जसमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी, नितेश पौडेल सिफारिस भएका छन् ।
यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाबाट सोविता गौतम निर्वाचित भएकी थिइन् ।

Views: 57

