Aamsanchar

रवि–बालेन एकता ‘भेँडा–भेँडासँग, बाख्रा–बाख्रासँग’ जस्तै : सन्तोष परियार

Author Image
आइतवार, पौष १३, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको सम्भावित एकतालाई तीव्र आलोचना गरेका छन्।

परियारले रवि–बालेन एकतालाई नेपाली उखान ‘भेँडा–भेँडासँग र बाख्रा–बाख्रासँग’ सँग तुलना गर्दै उस्तै–उस्तै स्वभाव र सोच भएका व्यक्तिहरु एक ठाउँ आउनु स्वाभाविक भए पनि त्यसले देश र जनताको हित नगर्ने दाबी गरे।

पूर्व रास्वपा सांसद समेत रहेका परियारले निर्वाचन केन्द्रित स्वार्थका लागि मूल्य, विचार र नीतिविनै सत्ता गठबन्धन गर्नु घातक हुने बताए।
उनले भने,
‘उस्तै–उस्तै वैचारिकी भएका राजनीतिक पार्टी, समूह र धाराहरु ध्रुवीकरण भएर सिंगो देश र जनताका मुद्दालाई प्राथमिकतामा राखेर हुने सहमति एउटा कुरा हो। तर केवल निर्वाचन जित्ने लक्ष्य राखेर, कुनै मूल्य–मान्यताविना जसरी पनि सत्ताका लागि एक ठाउँमा आउनुले देश र जनताको हित गर्छ भन्ने मलाई लाग्दैन।’

परियारका अनुसार हाल चर्चामा रहेको रवि–बालेन एकता वैचारिक ध्रुवीकरणभन्दा पनि व्यक्तिगत लोकप्रियता र सत्ता गणितमा आधारित देखिन्छ, जसले दीर्घकालमा लोकतन्त्र र सुशासनलाई कमजोर बनाउने खतरा छ।

यद्यपि उनले देशमा स्पष्ट राजनीतिक ध्रुवीकरण आवश्यक रहेको स्वीकार गर्दै विचार, नीति र कार्यक्रमका आधारमा हुने ध्रुवीकरणले मात्रै लोकतन्त्रलाई बलियो बनाउने बताए।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर