Aamsanchar

बालेन र रवि दाग लागेका व्यक्ति : काँग्रेस प्रवक्ता डा. महत

Author Image
आइतवार, पौष १३, २०८२

काठमाडौँ –  नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौँ महानगरका प्रमुख बालेन साह र रवि दाग लागेका व्यक्ति भएको बताएका छन्।

आइतवार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीबारे छलफल भइरहेको उनले जानकारी दिए।

यसैबीच आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूची सोमवार निर्वाचन आयोगमा बुझाउने उनले जानकारी दिएका छन्।

सूची तयार गरी भोलिसम्म आयोगलाई बुझाउने बताए। समानुपातिक सूचीबाट ११० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए।

Views: 123

प्रतिक्रिया (०)