Aamsanchar

तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ वितरण

Author Image
सोमवार, पौष १४, २०८२

मोरङ – उर्लाबारी नगरपालिकाले वडा १ का तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको ४ लाख ३३ हजार ८ सय रुपियाँ गरी कुल १६ लाख ३३ हजार ८ सय रुपियाँको उपकरण र बीउ वितरण गरिएको हो।

वडा १ को सिंहदेवी कृषक समूहले तेलहन बाली लगाउने किसानको लगत सङ्कलन गरी किसानलाई राहत कार्यक्रममा सहभागी गराएको हो । कार्यक्रम अन्तर्गत किसान समूहलाई तोरीको बीउ चार सय किलो, सल्फर ५२५ किलो, ६० थान त्रिपाल, बोरिङ मोटर २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, ठेला १५ थान र स्प्रेयर १९ थान सञ्चालन वितरण गरिएको छ ।

उर्लाबारी नगरपालिकाका नगर उप–प्रमुख मीना कुमारी खतिवडाले अनुदान लिएर उत्पादनमा नलाग्ने किसानलाई स्थानीय सरकारले अर्को पटक देखि कुनै कार्यक्रममा सहभागि नगराउने बताउनुभयो । कार्यक्रममा वडा १ का अध्यक्ष तिलक पाण्डे ,कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेल लगायतले सरकारी अनुदानलाई उपयोग गरेर उत्पादन वृद्धिमा जोड दिन आग्रह गर्नुभयो ।

वडाध्यक्ष पाण्डेले यो कार्यक्रम अन्तर्गत वडाको झारसाँदी क्षेत्रका किसानले ३० हेक्टर जग्गामा तोरी खेती लगाएको जानकारी दिनुभयो ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर