Aamsanchar

मेचीनगरमा जङ्गली हात्तीले घर भत्काउँदा ठुलो क्षति

Author Image
सोमवार, पौष १४, २०८२

मेचीनगर । प्रत्येक रातको समयमा आउँने हात्तीले स्थानीयको भौतिक पूर्वाधार घर, ग्वालीमा क्षति पुऱ्याउँदा स्थानीयवासी  आतङ्कित बन्दै आएका छन् । गएराति जङ्गली हात्तीले झापाको मेचीनगर १४ प्रगति टोलस्थित मनोज भट्टराईको घर भत्काउँदा चार लाख बढीको क्षति भएको छ ।

हात्तीले  ट्रष्ट लगाएको घरको पाँच वटा वाल भत्काएको छ भने त्यहाँ बस्दै आएका प्रकाश कटुवालको भान्सा घर र सामाग्री पूर्ण रुपमा क्षति पुर्याएको छ । मध्यराति आएको दार्हे हात्तीले घरको बाल भत्काएको थियो । घरको चारैपट्टिको बाल भत्काएर सामाग्री नष्ट गर्दा ४ लाख २० हजार मूल्य बराबरको क्षति भएको मनोज भट्टराईले जानकारी दिए ।
उनका अनुसार ट्रष्ट लगाएको पाँचवटा पर्खाल, २ वटा झ्याल र २ वटा ढोका भत्काउँदा करिब ३ लाख बराबरको क्षति पुगेको छ भने त्यहाँ बस्दै आएका कटुवालको भान्सा घर, त्यहाँ प्रयोग गरिदै आएको सामाग्री र रासन पूर्ण रुपमा क्षति गर्दा १ लाख २० हजार मूल्य बराबरको धनमाल क्षति भएको हो । ब्याजमराउनी लगानीमा चारवर्ष यता कटुवाल परिवार उक्त घरमा बस्दै आएका थिए । क्षतिको विवरण र राहतका लागि प्रहरीकहाँ निवेदन गरेको पीडित भट्टराईले जानकारी दिए । 

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर