Aamsanchar

माइतीघरमा मिराज ढुंगानासम्बद्ध जेन–जी समूहको धर्ना

Author Image
मङ्गलवार, पौष १५, २०८२

फोटो श्रोत: नागरिक

काठमाडौँ । मिराज ढुंगानासँग सम्बद्ध जेन–जी (GEN-Z) समूहले आज माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुशासन, पारदर्शिता र युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

धर्नामा सहभागी युवाहरूले हातमा प्लेकार्ड बोकेर नारा लगाएका थिए भने, अभियान पूर्णतः अहिंसात्मक रहेको आयोजकले बताएका छन्। कार्यक्रमका क्रममा कुनै अप्रिय घटना नभएको र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।

जेन–जी समूहले आफ्ना माग पूरा नभए आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

Views: 46

प्रतिक्रिया (०)