Aamsanchar

अमेरिकाले भेनेजुएलाको सत्ता चलाउने

Author Image
आइतवार, पौष २०, २०८२

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाको ब्रुकलिन महानगरीय जेलमा पुर्‍याइएको छ।

काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाले न्यूर्योक लगेर त्यहाँबाट ब्रुकलिन जेल पठाएको हो।

अब मादुरोविरुद्ध न्यूयोर्क अदालतमा परेका लागूऔषध निर्यातसम्बन्धी मुद्दामा सुनुवाई हुने अमेरिकी अधिकारीको दाबी छ। मादुरोलाई शनिबार राति २ बजे काराकासबाट क्यारेबियन सागरको अज्ञातस्थल, त्यहाँबाट ग्वान्टानामो खाडी र त्यहाँबाट न्यूयोर्क पु¥याएको थियो।

मादुरो पक्राउ परेपछि अमेरिकी छिमेकी देशका नेताहरु विभाजित देखिएका छन्। कोलम्बिया, ब्राजिल, उरुग्वे लगायतका देशले विरोध गरेका छन्। अर्जेन्टिनाले भने खुसी व्यक्त गरेको छ। उता संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेशले भेनेजुएलामा भएको अमेरिकी आक्रमण गम्भीर चिन्ताको विषय रहेको बताएका छन्।

तर, कयौँ भेनेजुएलाली नागरिकले भने मादुरोको पक्राउलाई लिएर खुसी मनाइरहेका छन्। अमेरिकामा रहेका भेनेजुएलाका नागरिकले ट्रम्पले आफूहरुका लागि राम्रो सोचेको भन्दै खुसियाली मनाएका छन्। उता भेनेजुएलाका विपक्षी नेताहरुले अब स्वतन्त्रताको समय सुरु भएको उल्लेख गरेका छन्।

सन् २०१३ देखि भेनेजुएलाको सत्तामा रहेका कम्युनिष्ट नेता मादुरोसँग अमेरिका लामो समयदेखि नै असन्तुष्ट थियो। लाखौँ नागरिकलाई अमेरिका पलायन हुन बाध्य पारेको अ‍ेमेरिकी आरोप छ।

तर, पछिल्लो समय भने राष्ट्रपति ट्रम्पले मादुरोले तस्कर समूहको नेतृत्व गरेर अमेरिकामा लागुऔषध तस्करी बढाएको आरोप लगाउँदै आएका थिए। मादुरोलाई नियन्त्रणमा लिनुभन्दा अघि भेनेजुएलाको राजधानी काराकासमा ११ वटा विस्फोटका आवाज सुनिए पनि त्यसपछि कुनै विस्फोटका आवाज नसुनिएको समाचारहमा जनाइएको छ।

भेनेजुएलाको सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले नै सरकार चलाउने ट्रम्पले घोषणा गरेका छन्।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर