Aamsanchar

सिन्धुपाल्चोबाट राजेन्द्र सापकोटालाई नेकपाले बनायो राष्ट्रिय सभाको उम्मेदबार

Author Image
बुधवार, पौष २३, २०८२

सिन्धुपाल्चोक- नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा राजेन्द्रलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ । पार्टीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुबिण्डेका सापकोटालाई उम्मेदवार बनाएको हो ।

जनयुद्धकालमा भूमिगत हुँदै सैन्य तथा राजनीतिक दुवै फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न मोर्चा तथा केन्द्रमा सक्रिय रहँदै आएको नेकपाका नेता अग्नीप्रसाद सापकोटाले बताए ।

‘सादगी जीवनशैलीका लागि परिचित उनी पार्टीभित्र अनुशासित र जनमुखी नेताका रूपमा चिनिन्छन्’,सापकोटाले भने । उनको उम्मेदवारी बुधबार बिहान औपचारिक रूपमा टुंगो लागेपछि मनोनयन दर्ताका लागि हेटौंडा प्रस्थान गरेका छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका थिए ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर