Aamsanchar

एमाले ताप्लेजुङ इन्चार्जमा पुनः मेन्याङ्बो

Author Image
बुधवार, पौष २३, २०८२

ताप्लेजुङ-  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ताप्लेजुङको इन्चार्जको जिम्मेवारी पुनः तिलकुमार मेन्याङ्बोले पाउनुभएको छ । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी मेन्याङ्बोले पाउनुभएको हो ।

एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मेन्याङ्बो महाधिवेशन अघि पनि ताप्लेजुङकै इन्चार्ज रहनुभएको थियो । उहाँ ११ औं महाधिवेशनअघि पार्टीको पोलिट व्युरो सदस्य हुनुहुन्थ्यो । मेन्याङ्बो कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर