

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य समेट्ने प्रस्ताव पेस गरिएको छ ।

विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गरेका हुन् । शर्माको प्रस्तावमा भनिएको छ, ´केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० र ३० कटेर ४० नकटेका २० गरी ४० जनाको प्रतिनिधित्व रहने ।`
यस्तै प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १०र१० जना रहने प्रस्ताव गरिएको छ । यस्तै भ्रातृ र शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधिमध्येबाट उक्त संस्थाहरूको प्रतिनिधि मात्रै मतदाता बन्ने गरी न्यूनतम १ महिलासहित तीनजना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

Views: 62

