Aamsanchar

कुलमान घिसिङ राष्ट्रिय परिवर्तन पार्टीसँग संवादमा

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग भएसँगै उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङ अन्य पार्टीहरूसँग संवादमा जुटेका छन् ।

समानुपातिक तर्फको निर्वाचन लड्न नपाउने भएपछि उनी अन्य पार्टीसँग एकता वा तालमेल गरेर समानुपातिक तर्फको मत समेत सुरक्षित गर्ने प्रयासमा लागेका हुन् ।

यसअन्तर्गत उनेपा र राष्ट्रिय परिवर्तन पार्टीबीच संवाद सुरु भएको छ । राष्ट्रिय परिवर्तन पार्टीको अध्यक्षमा राजेश पर्तेल छन् । यो पार्टी जेनजी आन्दोलनपछि गठन भएको पार्टी हो । ३० कातिक २०८२ मा दर्ता भएको यो पार्टीको अध्यक्ष पर्तेल आफैँ जेनजी आन्दोलनका क्रममा अपांग भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी छ ।

उनेपाका नेता जितराम लामाका अनुसार राष्ट्रिय परिवर्तन पार्टीसँग संवाद भइराखेको छ ।

‘हामी उज्यालो नेपाल पार्टीकै समानुपातिक सूची निर्वाचन आयोगले लिनुपर्छ भन्नेमा छौं । यही माग राखेर अदालत जान्छौं । अदालतले पनि हाम्रो समानुपातिक सूचीको विषयमा माग गरे अनुसार आदेश दिएन भने राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक उम्मेदवारलाई भोट दिन अपिल गर्छौं ।’

राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेरै जाने वा चुनावी तालमेल गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको तर, सहकार्य गर्ने विषयमा दुवै पक्ष सहमत रहेको पनि उनले बताए ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर