

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्ने भएका छन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिए ।
देउवा निवासको छलफलबाट बाहिरिँदै उनले सभापतिले आजै महामन्त्रीसँग वार्ता गर्ने जानकारी दिए।

अहिले पनि देउवा निवासमा छलफल जारी छ। छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरु छन्।
भृकुटीमण्डपमा आइतवारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनको आज बन्दसत्र जारी छ।
Views: 282

