Aamsanchar

निर्वाचन आयोग जाँदै गगन थापा समूह

Author Image
बिहिवार, माघ १, २०८२

काठमाडौं – विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गरेको गगन थापा समूह निर्वाचन आयोग जाने भएको छ। बुधबार राति गगन थापालाई सभापति बनाउँदै गठन भएको नयाँ कार्यसमिति अध्यावधिक गर्न उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न कानुनविद् सहित उनीसहितको टोली जान लागेको हो।

विशेष महाधिवेशनले पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको छ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर