Aamsanchar

उम्मेदवारहरूलाई नि:शुल्क टिकट दिएको हर्ककाे भनाई

Author Image
बिहिवार, माघ १, २०८२

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा निर्वाचन उम्मेदवारहरूलाई पार्टीले नि:शुल्क टिकट दिएको बताएका छन्। आज(बिहिबार) धरान उपमहानगरपालिकाका मेयर समेत रहेका उनले यस्तो बताएका हुन्।

उनले इमानदार र कर्मठ देश बनाउने जुझारु व्यक्तिलाई उम्मेदवार चुन्ने पनि बताए। उनले भने,‘अरु पार्टीले उम्मेद्वारको टिकट कतिमा बेच्छन् थाहा छैन,श्रम संस्कृतिले चाहिँ फ्रि अफ कष्टमा दिन्छ है, इमानदार र कर्मठ देश बनाउने जुझारु व्यक्तिलाई चुन्छ ।’

उनी आफै सुनसरी–१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर