Aamsanchar

नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

Author Image
शुक्रवार, माघ २, २०८२

काठमाडौं –  साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे हुनेछ। सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन्। श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो।

नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिँदैछ। पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलयामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो।

यसबीच नेपालले एसियन कप छनोट २०२६ मा सहभागिता जनाएन। फुटबलको सर्वोच्च निकाय एन्फाले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो।

नेपाली टोली
विजयी श्रेष्ठ (कप्तान), पदम तामाङ(गोलकिपर), दीपेश श्रेष्ठ (गोलकिपर), अमित लामा, अशोक दर्लामी, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर