Aamsanchar

घट्यो सुनको मुल्य

Author Image
बिहिवार, माघ ८, २०८२

काठमाडौं –  बिहीबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार १० हजार ४०० रुपैयाँले बढेको सुन आज २ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० पुगेको थियो।

यस्तै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर