झापा ।

कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् ।
शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो ।
बेपत्ता फुयाँलको खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा टोली खटाएको उहाँले बताउनुभयो ।


Views: 136


