Aamsanchar

शिभाली गुरुङ एसिया प्यासिफिक एलिट–१४ मा चौंथो

Author Image
शुक्रवार, माघ १६, २०८२

काठमाडौं – नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् ।

यसअघि, सेमिफाइनलमा शिभाली अस्ट्रेलियाकी मुसेम्मे सिलेकसंग ६–१ र ६–४ ले पराजित भएकी थिइन् । उनले ५ खेल खेल्दै २ जित र ३ हार व्यहोरिन्। उनले समूह चरणमा चिनियाँ खेलाडी र अष्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् । यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ जना गर्ल्स खेलाडीले सहभागिता जनाएका थिए ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर