Aamsanchar

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
सोमवार, साउन २, २०७४

मोरङ।

मोरङको विराटनगर-५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख. २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका- २ बबियाबिर्ता बस्ने अन्दाजी ३२ बर्षिय शुरेश भट्टराईको मृत्यु भएको हो।

दिउँसो १ बजेतिर ठक्करबाट गम्भिर घाईते भएका भट्टराइको बिराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल बस र चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर