Aamsanchar

नेकपा नै भिजन भएको नयाँ पार्टी : प्रचण्ड

Author Image
बुधवार, माघ २८, २०८२

पोखरा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् ।पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे ।

युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार गरिएको बताउँदै उनले भने, ‘हामी सबभन्दा नयाँ पार्टी हौँ, सबभन्दा भिजन भएको पार्टी हौं । अहिले हाम्रो पार्टीको नेतृत्वमा जसरी नेताहरूको विशाल जमात केन्द्रित भएको छ ।’

 

उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने पनि उस्तै उस्तै हुन् भन्दै प्रचार गरेको भन्दै आपत्ति पनि जनाए।

उनले भने, ‘सत्ता पक्षमा हुने पनि उस्तै, प्रतिपक्षमा हुने पनि उस्तै भनेर जो भ्रम युवाहरूलाई दिने कसरत भएको थियो । यहाँसम्म आउँदा जेनजी आन्दोलनका पवित्र भावना भएका युवाहरूले अहिले बुझिसकेका छन् । हाम्रो अभिभावक पार्टी, हाम्रो विचार र मुद्दासँग मिल्ने पार्टी, हाम्रो निम्ति लडिराख्ने पार्टी नेकपा नै हो भन्ने विश्वास भइसकेको छ । उनले हजारौंको संख्यामा युवाहरू नेकपामा प्रवेश गरिरहेको जिकिर समेत गरेका छन् ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर