

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ३ हजार रुपैयाँ घटेर प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ५०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदी ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजारमा झरेको छ।

बिहीबार एक तोला चाँदी ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Views: 104


