Aamsanchar

आज महाशिवरात्रि : पशुपतिनाथमा बिहानैदेखि भिड

Author Image
आइतवार, फागुन ३, २०८२

काठमाडौँ – आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन गर्ने साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू बिहानैदेखि लाइन लगेका छन् ।

Views: 42

प्रतिक्रिया (०)