Aamsanchar

आजको मौसम

Author Image
शुक्रवार, फागुन ८, २०८२

काठमाडौं –  गएराति र आज बिहान केही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपात भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान काठमाडौंसहित बागमती प्रदेशका केही स्थानमा पनि छिटफुट पानी परेको मौसमविद सरोज पुडासनैले जानकारी दिए। उनका अनुसार अहिले देशमा पश्चिमी न्युनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर