

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखराको चुनावी सभा कार्यक्रम पनि स्थगित भएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिइन् ।
भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।
रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए ।
Views: 167


