

काठमाण्डौ – रौतहट जिल्ला अदालतले आज आइतवार हुने सम्पूर्ण काम कारबाही स्थगित भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नआएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाले अदालतको काम कारबाही पनि प्रभावित भएको हो ।

अदालतले सूचना निकालेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी गराएको छ ।
गौरको वडा–६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयकाअनुसार विवाद समाधानका लागि अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।

Views: 16


