

झापा – नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स(एनभिएफ) को कोशी प्रदेश स्तरीय भेला आज झापाको दमकमा हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा कोही प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ।

फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई आज दमकमा उतार्ने तयारी गरिएको छ।
थापाका अनुसार झापा–५ का जनताहरुको पनि उल्लेख्य उपस्थिती हुने सभामा जनगयाक बैकुण्ठ महतको टिमले विविध सांस्कृतिका कार्यक्रम पनि प्रष्तुत गर्ने तयारी गरेको छ।

दमक ७ स्थित पशु हाटमा हुने सभा दिउसो ११ बजे सुरु हुने आयोजकले जनाएको छ। सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नेछन्।
Views: 61


