Aamsanchar

  आज विहानै संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प

Author Image
शुक्रवार, फागुन १५, २०८२

ताप्लेजुङ-  संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमासमेत महसुस गरिएको थियो।

बिहानीपखको निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए। प्रारम्भिक सूचनाअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर