Aamsanchar

चुनावसम्म दुर्गा प्रसाईँ हिरासतमै रहने

Author Image
आइतवार, फागुन १७, २०८२

फोटो : सेतोपाटी

काठमाडौँ –  व्यवसायी दुर्गा प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर