इनरुवा,

सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भएको हो ।

शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ ।

Views: 137

