Aamsanchar

रौतहट–१ मा माधव नेपाल चौथो स्थानमा

Author Image
शुक्रवार, फागुन २२, २०८२


रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा रौतहट–१ मा रास्वपाका उमेदवार राजेशकुमार चौधरीले ७०६ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका जसपा नेपालका उमेदवार योगेन्द्र राय यादवले ५६७ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका उमेदवार अजय गुप्ताले २८८ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल २२० मतसहित चौथो स्थानमा छन् ।

कांग्रेसका उमेदवार अनिलकुमार झाले २१२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर