इलाम – इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रारम्भिक अग्रता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार सूर्य चुनाव चिन्हका नेम्वाङले ४९१, श्रम सँस्कृति पार्टी माटो चुनाव चिन्हका सुदिप राईले ४४३, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० र घण्टी चुनाव चिन्हका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले १७१ मत ल्याएका छन् । यस्तै नेकपा तारा चुनाव चिन्हका उम्मेदवार ओम गुरुङले ५१ मत ल्याएका छन् ।

Views: 68


