Aamsanchar

सुनसरी -१मा रास्वपा कै अग्रता, हर्क साम्पाङ पछ्याउँदै

Author Image
शुक्रवार, फागुन २२, २०८२

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ अन्तर्गत धरान क्षेत्रमा मतगणना शुरु भएको छ। शुरुवाती परिणाम अनुसार यहाँ रास्वपाकै अग्रता छ।

रास्वपाका गोमा तामाङले ४६१ मत प्राप्त गरेकी छन्। उनलाई श्रम संस्कृतिका अध्यक्षसमेत रहेका चर्चित उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन्। साम्पाङको १५४ मत छ।

तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले १ सय ७ मत प्राप्त गरेका छन्। यहाँ मतगणना जारी छ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर