

मोरङ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले हार स्वीकार गरेका छन्।

मतान्तर धेरै भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हार स्वीकार गरेका हुन्।
मोदीले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीलाई बधाइ दिएका छन्।

साथै देशव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै राष्ट्रीय स्वतन्त्र पार्टीलाई शुभकामना व्यक्त गरेका छन्।
उनले तारा चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
चुनावी अभियानमा साथ दिने पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई पनि उनले धन्यवाद दिएका छन्।
निर्वाचन परिणामबाट विचलित नभई आत्मसमीक्षा गर्दै पार्टीलाई अझ सशक्त बनाउँदै अघि बढ्ने उनले बताएका छन्।
‘चुनावमा हारजित स्वाभाविक प्रक्रिया हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउँदै देश र जनताको पक्षमा सधैं प्रतिबद्ध रहनेछु’, उनले लेखेका छन्, ‘म हारे पनि देश र जनता कहिल्यै नहारून्।


