Aamsanchar

दाङ – २ मा मतान्तर बढाउँदै विपिनकुमार आचार्य, शंकर पोखरेल दोब्बर मतले पछि

Author Image
शुक्रवार, फागुन २२, २०८२

काठमाडौं – दाङ क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार विपिनकुमार आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

२२ हजार मत गणना हुँदा विपिनकुमार आचार्यले १० हजार १०७ मतले प्राप्त गरेका छन् ।

उनी एमालेका शंकर पोखरेल भन्दा दोब्बर मतले अगाडि छन् । शंकरले ४ हजार ७५५ मत प्राप्त गरेका छन् । विपिनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतअन्तार पनि बढाउँदै लगेका छन् ।

त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ३ हजार ३७० र नेकपाका उम्मेदवार निर्मल आचार्यले २ हजार ८४८ मत प्राप्त गरेका छन् ।

दाङ २ मा कुल ८२ हजार ६ सय मत खसेको थियो ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर