
झापा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालन शाहले अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार हालसम्म २८ हजार ५७६ मत गणना भएको छ भने १ हजार ३३७ मत बदर भएको छ।
हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालन शाहले १८ हजार ८४३ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। नेकपा (एमाले)का उम्मेदवार के.पी. शर्मा ओलीले ४ हजार ४४२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा गिरीले ५८९ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले ४९६ मत प्राप्त गरेका छन्।
अन्य दलका उम्मेदवारले भने थोरै मत प्राप्त गरेका छन्।

Views: 1184


