Aamsanchar

जनताको निर्णय स्वीकार्य छ : माधवकुमार नेपाल

Author Image
शनिवार, फागुन २३, २०८२

रौतहट – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम आफ्नो अनुकूल हुन नसकेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेपालले यसपटकको रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ उक्त परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका।

उनले उक्त निर्वाचनमा विजयी भएका राजेश चौधरीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। साथै तारा चिन्हमा मतदान गरी आफूमाथि विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनी र चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै नेपालले मतले हार–जित भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता कहिल्यै हार नमान्ने बताएका छन्।

अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने उनले स्पष्ट पारेका छन्। उनले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम गर्दै सुसंस्कृत तथा समृद्ध समाज निर्माणका लागि निरन्तर आवाज उठाइरहने बताएका छन्।

साथै समाज र राजनीतिमा देखिएका विकृति–विसंगतिका विरुद्ध निरन्तर संघर्ष गर्दै जनताको सेवा, हित र समृद्ध तथा गौरवपूर्ण नेपाल निर्माणका लागि आफ्नो बाँकी जीवन समर्पित गर्ने बताएका छ्न ।

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर