Aamsanchar

झापा–१ मा निशा डाँगी विजयी

Author Image
शनिवार, फागुन २३, २०८२

 झापा – झापा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निशा डाँगी विजयी भएकी छन् । डाँगी ४५ हजार ६८० मतसहित विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ३५ हजार मतान्तरले पराजित गरेकी छन् ।

पाण्डेले १० हजार ५५० मात्र मत प्राप्त गरे । उनी २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट सांसद थिइन् । उनी रास्वपाकी सचेतक समेत बनेकी थिइन् । डाँगी पूर्वपत्रकार समेत हुन् ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर