

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। झापा(५ बाट बालेन विजयी भएपछि ओलीले बधाई दिएका हुन् । उनले ५ वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्।

मेयरमा निर्वाचित भएपछि बधाई दिनेक्रममा दिएको तबलाको तस्बिर राख्दै उनले भने,‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्-हार्दिक शुभकामना !’
बालेनले शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरे। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत ल्याएका छन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले एक हजार ८२१, नेकपाका रञ्जित तामाङले एक हजार ४६१ र राप्रपाका लक्ष्मी सङ्ग्रौलाले एक हजार ५३६ मत ल्याएका छन्।

Views: 6


