Aamsanchar

बालेन्द्र शाहद्वारा निर्वाचन खर्चको विवरण सार्वजनिक

Author Image
सोमवार, फागुन २५, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा- ५ का निर्वाचित उम्मेदवार बालेन्द्र शाहले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।

उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

शाहले पेश गरेको खर्च विवरणमा सवारी साधन भाडादेखि प्रचार–प्रसार सामग्री छपाइसम्मका विभिन्न शीर्षक समावेश छन्। विवरणअनुसार २ वटा सवारी साधन १५ दिन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको छ, जसमा इन्धन खर्च समेत समावेश गरिएको छ।

त्यसैगरी हवाई भाडा ३५ हजार, खाजा खर्च २८ हजार, तथा वडा स्तरमा १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

नमुना मतपत्र छपाइमा ४९ हजार, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार, स्टेशनरी खर्च २२ हजार, प्रचार सामग्रीतर्फ फ्लेक्स र ब्यानर छपाइमा १ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ भने ब्यानर तथा स्टिकरमा थप १ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर