Aamsanchar

कुलमान घिसिङको गृह जिल्लामा उज्यालो नेपाल पार्टीको जमानत जफत

Author Image
सोमवार, फागुन २५, २०८२

रामेछाप – उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह(जिल्ला रामेछापमा पार्टीको जमानत जफत भएको छ।

उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थथियो। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा . कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उनेपाका उम्मेदवार योन्जनले ७ हजार २ सय १० मत र श्रम संस्कृति पार्टिका उम्मेदवार ढाल बहादु खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए । रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

रामेछापमा रास्वपा¸ एमाले¸ काग्रेस र नेकपा बाहेकका राजनीतिक दलको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम ९जमानत० जफत हुने गर्दछ। रामेछापमा ३ जना स्वातन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर