Aamsanchar

कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम नगर्दा चुनावी परिणाम अनपेक्षित : चन्द्र भण्डारी

Author Image
सोमवार, फागुन २५, २०८२

गुल्मी – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन् । जसले जेनजी विद्रोह जन्माएर अहिले निर्वाचन भएर पनि परिणाम पनि अनपेक्षित रूपमा आएको उनले बताए ।

सोमबार गुल्मी तम्घासमा निर्वाचन परिणामपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गठबन्धन बनेपछि पनि प्रभावकारी काम हुन नसक्दा असन्तुष्टि बढ्दै गएर विद्रोहको अवस्था सिर्जना भएको बताए । उनले यही असन्तुष्टि र विद्रोहको अवस्थाले अन्ततः देशलाई निर्वाचनतर्फ धकेलेको उल्लेख गरे।

 

भण्डारीका अनुसार पछिल्लो समय युवापुस्तामा ‘जेनेरेसन–जेनजी विद्रोह’ देखिएको बताए । विदेशमा रहेका धेरै नेपाली युवाहरू पुराना राजनीतिक दलप्रति असन्तुष्ट रहेको उनको भनाइ थियो। उनले निर्वाचनमा जानुभन्दा अघि नै संविधान संशोधन गरेर राजनीतिक प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने उनले बताए।

भण्डारीले देशको समस्यालाई रोगसँग तुलना गर्दै देशको रोग अनुसार उपचार गरेर मात्रै अगाडि बढ्न सकिने बताए । राज्यको खर्च घटाउन माननीयहरूको संख्या घटाउनुपर्ने तथा राज्य संरचनालाई पुनर्संरचना गर्नुपर्ने उनको धारणा थियो । अहिलेको संरचनाले आर्थिक व्ययभार बढाएको उनले बताए।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-१ बाट पराजित भएका थिए । २०७९ सालमा निर्वाचित भएका भण्डारी यसपटक रास्वपाका सागर ढकालसँग पराजित भएका हुन् ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर