Aamsanchar

गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फको मतगणना सम्पन्न

Author Image
बुधवार, फागुन २७, २०८२

काठमाडौँ –  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।

पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि शुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको आयोगले जनाएको छ।

रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्र स्थान कायम गरेको छ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ। यस्तै नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत ल्याएको छ।

नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार ७७३ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ लयाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेको छ।

अन्य दलले ३ प्रतिशतको ‘थ्रेसहाल्ड’ कटाउने स्थिति देखिएका छैन।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर