Aamsanchar

नुहाउने क्रममा दुई बालकको मृत्यु

Author Image
शनिवार, साउन ७, २०७४

कैलाली।

कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ ।

नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर