

झापा- नेपाल राष्ट्र बैंकले श्री सुविधा मनी चेन्जर प्रालिको इजाजतपत्र रद्द गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित उक्त मनी चेन्जरले तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्दको निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विराटनगर कार्यालयले सूचना प्रकाशन गर्दै यही चैत १ गतेदेखि श्री सुविधाको इजाजतपत्र रद्द गरिएको जनाएको छ ।
“मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम समयसीमामा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो,” राष्ट्र बैंकले भनेको छ ।

Views: 11


