Aamsanchar

इरान युद्ध : कति मारिए अमेरिकी सैनिक ?

Author Image
मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – अमेरिका र इजरायलले मिलेर इरानसँग लडिरहेको युद्धका दौरान मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सैन्य अधिकारीले युद्धका क्रममा घाइते हुने अमेरिकी सैनिकको संख्या बढेर करिब दुई सय पुगेको र तीमध्ये कम्तीमा १३ सैनिकको मृत्यु भएको बताएका छन् ।

मध्य–पूर्वमा २८ फेब्रुअरीबाट अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेका हुन् । युद्धमा अहिलेसम्म तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो अनुमान एक इरानी समूहले लगाएको बीबीसीले जनाएको छ ।

इरानभन्दा बाहिरबाट काम गर्ने ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले कुल मृत्युमध्ये १३ सय ५१ आमनागरिक र ११ सय २६ सैन्यकर्मी रहेको उल्लेख गरेको छ ।

लेबनानमा अहिलेसम्म ८८६ मानिसको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा मारिनेमा ६७ महिला र १११ बालबालिका छन् ।

संयुक्त अरब इमिरेट(यूएई), कुवेत, साउदी अरब, बहराइन र ओमानमा पनि युद्धसँग सम्बन्धित मृत्युको रिपोर्ट गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

 

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर